विपद् व्यवस्थापनको पूर्वतयारीमा लाग्न सरकारलाई सांसद सापकोटाको आग्रह

लोकपथ
56
Shares

काठमाडौं । माओवादी केन्द्रका सांसद माधव सापकोटाले सिन्धुपाल्चोकमा गएराति भएको भारी वर्षाले मेलम्ची खोलाको अस्थायी पुल बगाएको भन्दै पूर्व तयारीलाई व्यवस्थित गर्न सरकारसँग माग गरेका छन् । 

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले भारी वर्षाको कारण सिन्धुपाल्चोकका ६ वटा वडाको आवतजावत अवरुद्ध भएको भन्दै हिउँद लागेपछि स्थायी संरचना बनाउने र बर्खामा बाढीले त्यसलाई बगाउँदा नागरिकले टुलुटुलु हेर्नुपर्ने अवस्थाको अन्त्य गरी पूर्व तयारीलाई व्यवस्थित तुल्याउन सरकारसँग माग गरेका हुन् । 

‘बर्खा लागेपछि बाढी आउँछ । र सबै अस्थायी संरचनाहरु बगाउँछ नागरिकले टुलुटुलु हेरेर आफ्नो सुविधा बगेको हेर्नु बोहक अर्को कुनै विकल्प नै छैन । सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । विभिन्न ठाउँ गरेर एक सय ५९ मिलि लिटर भारी वर्षा भएको छ । यसले गर्दा मेलम्चीको अस्थायी पुल बगाएको छ । ६ वटा वडाको आवतजावत अवरुद्ध भएको छ । सरकारको गम्भीर ध्यानाकर्षण गराउँन चाहान्छु । हिउँद लागेपछि स्थायी संरचना बनाउने र बर्खामा बाढीले त्यसलाई बगाउँदा नागरिकले टुलुटुलु हेर्नुपर्ने अवस्थाको अन्त्य गरियोस् र पूर्व तयारीलाई व्यवस्थित तुल्याइयोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?