मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश

लोकपथ
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रिट निवेदकको माग बमोजिम आज परमादेश दिएको हो ।

२०७६ वैशाख १६ गतेमा जारी भएको मर्यादाक्रमका आधारमा महान्यायाधिवक्ता कार्यालयका कर्मचारीहरू भरतप्रसाद मैनाली,गोविन्द खनालसहित ३३ जनाले मर्यादाक्रमका आधारमा सरकारी कर्मचारीहरुको तलवमान निर्धारण गर्न भन्दै सर्वोच्चमा रिट हालेका थिए । सोही रिटमा फैसला गर्दै तलबमानमा विभेद नगर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?