कोशी प्रदेशको मुद्दा आज पनि हेर्दाहेर्दैमा

लोकपथ
63
Shares

काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा परेको छ ।

३१ जेठमा न्यायाधीशद्वय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले हेर्दाहेर्दैमा राखेर आइतबारबाट सुनुवाइ सुरु गरेको थियो । आज सोमबार पनि बहस नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखेको हो।

सोमबार मुख्यमन्त्री कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू टिकाराम भट्टराई, रमण श्रेष्ठ, रमेश बडाल, प्रकाश केसी ,अधिवक्ताहरू माधव बस्नेत, भिर्माजुन आचार्य, हर्कसिंह रावल लगायतले बहस गरेका थिए । भोलि अधिवक्ता एवं कोशी प्रदेश नेकपा एमालेका सचेतक रेवतीरमण भण्डारीले बहस गर्ने अनि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ।

भोलि प्रदेशसभाले पारित गरेको संकल्प प्रस्तावका प्रस्तावक रेवतीरमण भण्डारीले बहस गरेपछि निवेदक केदार कार्कीको तर्फबाट जवाफी बहस हनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?