काठमाडौं । कोपा अमेरिकामा कोलम्बिायाले विजयी सुरुवात गरेको छ । मंगलबार बिहान सकिएको खेलमा समूह डीमा रहेको कोलम्बियाले पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
कोलम्बियाको जितमा डेनियल मुनोज र जेफरसन लेर्माले एक–एक गोल गर्दा पाराग्वेका लागि जुलियो इनसियोले एक गोल फर्काए । ३२औँ मिनेटमा जेम्स रोड्रिगेजको पासमा डेनियल मुनोजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
यस्तै, खेलको ४२ औं मिनेटमा रोड्रिगेजकै पासमा जेफरसनले गोल गर्दै अग्रता दाब्बर बनाए । ६९औँ मिनेटमा पाराग्वेका लागि जुलियो इनसियोले रामोन सोसाको पासमा गोल गर्दै अन्तर कम गरे पनि हार टार्न पर्याप्त भएन । जितसँगै कोलम्बिाले समूह डीमा ३ अंक लिएको छ। अहिले ब्राजिल र कोष्टारिकाबीचको खेल भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया