काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा छनोट प्रक्रिया अघि बढाउने भन्ने विषयमा समितिलाई महान्यायाधिवक्ता कार्यालयले जवाफ दिएको छ ।
नेपाल धितोपत्र बोर्डको (सेबोन) अध्यक्षमा सर्ट लिष्टमा परेका पाँच जनामध्ये तीनजना दुई पटकसम्म सूचना जारी गर्दा पनि अन्तर्वार्तामा उपस्थित नभएपछि बोर्डको अबको प्रक्रियाबारे महान्यायाधिवक्ताको कार्यालयले २ वटा सुझाव दिएको हो ।
बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया कसरी अघि बढाउने भनी समितिले महान्याधिवक्ताको कार्यालयबाट राय सुझाव मागेको थियो ।
कानुनी रूपमा कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भएकाले महान्यायाधिवक्ताको कार्यालयले आवेदन परेका ५ जनामध्येबाट ३ जना छान्न राय दिएको छ । नयाँ प्रक्रियामा जान पनि छनौट समितिलाई अधिकार रहेको राय प्राप्त भएको स्रोतले जनाएको छ ।
अध्यक्षका उम्मेदवारत्रय बोर्डकै कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का सीईओ कृष्णबहादुर कार्की र तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ लगातार दुई पटकसम्म अनुपस्थित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया