भक्तपुर लुटपाटमा संलग्न चारजना पक्राउ

लोकपथ
238
Shares

काठमाडौं । भक्तपुरमा असार ४ गते भएको दुई करोड रुपैयाँबराबरको लुटपाट घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले सोमबार साँझ चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका मुख्य अभियुक्त सुजन रसाइलीसहित ४ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज मंगलबार दिउँसो साढे १ बजे पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दैछ ।

उनीहरुले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी हौं भन्दै मनकुमारी राउतको घरबाट पैसा लुटेका थिए । लुटिएको केही पैसा बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।

राउतको घरमा पैसा रहेको आफन्तबाट सूचना पाएपछि उनीहरु लुटपाट गर्ने उद्धेश्यले गएको पनि प्रहरीले जनाएको छ । राउतको परिवारले कन्सलटेन्सी चलाउँदै आएको छ । सो पैसा हुन्डीवापतको हुनसक्ने आशंका गरिएको छ ।

घटनामा एकजना वहालवाला प्रहरीकाे समेत संलग्नता रहेकाे श्राेतकाे दाबी छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?