गण्डकीमा एमाले सांसदले दिए बजेट नसच्याए बजेट पुस्तिकामा आगो लगाउने धम्की

लोकपथ
0
Shares

पोखरा । गण्डकी प्रदेश सभामा नेकपा एमालेका सांसद कृष्ण पाठकले बजेटका कार्यक्रम सरकारले मनपरी बजेट पारेको भन्दै नसच्याए बजेट पुस्तिकामा आगो लगाउने चेतावनी दिएका छन् । सांसद पाठकले कार्यक्रम नसच्याए च्यात्नेमात्रै होइन, धुजा धुजा पारेर आगो नै लगाउने चेतावनी दिएका हुन् ।

मंगलबार प्रदेशसभामा भएको आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफल कार्यक्रममा उनले सरकारले वितरणमुखी बजेट ल्याएको र बजेटमा स्वार्थैस्वार्थ लुकेको र मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका कर्मचारीको अनुहार छ्वाङै देखिएको पाठकले बताए ।

चालु आर्थिक वर्षको बजेट ल्याउँदा पनि एमाले उपनेता थापाले सरकारको बजेटको हिसाब नमिलेको भन्दै जवाफ मागेका थिए । एमालेले बजेटको विरोध गरेपछि संसद स्थगित नै भएको थियो र सच्याएर ल्याउने अर्थमन्त्री जीतप्रकाश आलेले रोस्टमबाटै प्रतिवद्धता जनाएपछि बल्ल बजेटमाथिको छलफल सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?