कोशी प्रदेश सरकारविरुद्धको रिटमा बहस सकियो, आजै फैसला आउने सम्भावना

लोकपथ
91
Shares

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा बहस सकिएको छ। आज सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी डा। नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको पूर्ण इजलासमा सम्पूर्ण बहस सकिएको हो।

यसअघि आइतबार र सोमबार पनि उक्त रिटमा सुनुवाइ भएकोमा बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो।

सबै सुनुवाइ सकिएपछि न्यायाधीशहरु फैसलाको तयारीमा लागेका छन्। कोशी सरकार गठनविरुद्ध पूर्व मुख्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका केदार कार्कीले दायर गरेको रिटमा आजै फैसला आउन सक्नेछ।

गत जेठ २३ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त रिटको सुनुवाइ पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो।

त्यसो गत वैशाख २६ गते प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गरेपछि पूर्व मुख्यमन्त्री कार्कीले त्यसकोविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ असोज २०८० मा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीलाई वैशाख २६ गते पदमुक्त गर्दै सोही उपधारा अनुसार २७ वैशाख २०८१ मा एमाले नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?