राष्ट्रिय युवा सङ्घ नेपालले एक महिने वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने

लोकपथ
924
Shares

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालले एक महिने वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने भएको छ । वृक्षारोपण कार्यक्रम असार १४ देखि साउन १४ चल्ने छ ।

जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्तीको अवसर पारेर सो कार्यक्रम आयोजना लागिएको राष्ट्रिय युवा सङ्घ नेपालका प्रवक्ता निरोज पौडेलले जानकारी दिए । ‘एक युवा पाँच बिरुवा’ सिद्धान्त अनुसार कार्यक्रम अघि बढाइने आयोजकले जनाएको छ ।

“संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको” भन्ने नाराका साथ आयोजना हुन यो अभियानलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्‍घाटन गर्ने कार्यक्रम रहेको छ । मुलुकका सात सय त्रिपन्न वटा स्थानीय तह, सतहत्तर वटा जिल्ला कमिटी, आठ प्रदेशका युवाहरूलाई यस काममा परिचालन गरिने कार्यक्रम रहेको छ ।

जलवायु परिवर्तनको प्रभाव बढ्दो क्रममा रहेको र वनजङ्गल संरक्षणमा चासो कम भैरहेको सन्दर्भमा वृक्षारोपण कार्यक्रम आयोजना गरेर युवालाई यो अभियानमा सरिक गराउने उद्देश्य रहेको आयोजकको भनाई छ ।

प्रवक्ता पौडेलका अनुसार प्रदेश, जिल्ला र स्थानीय तहका कमिटि हरुबाट अभियान सहयोग हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?