काठमाडौं । अविरल वर्षापछि खोलामा आएको बाढी पार्किङ क्षेत्रमा पस्दा विराटनगर विमानस्थलको उडान प्रभावित भएको छ।
बुधबार बिहान विराटनगरको पूर्वतर्फ संघीया र पश्चिमतर्फ केसलीया रहेका बास्ता खोलाको बाढी विमानस्थलको पार्किङ क्षेत्रमा पसेपछि उडान र अवतरण रोकिएको हो।
बास्ता खोलामा आएको बाढीको पानी ओभर फ्लो भएर विमानस्थलमा पसेपछि हुनसक्ने थप जोखिमलाई मध्यनजर गर्दै उडान रोकिएको हो।
गएरातिदेखि परेको वर्षाले विराटनगरका अधिकांश भु-भाग जलमग्न भएका छन्। विराटनगर महानगरका १९ वटै वडा डुबानमा परेका छन्।
डुबानका कारण बुधबार अधिकांश विद्यालय बन्द भएका छन्। सडकभन्दा माथि नाली निर्माण हुनु र नालीको पानीले पनि निकास नपाउँदा हरेक वर्ष महानगर डुबानमा पर्दै आएको छ।
पानी सुकेपछि मात्रै उडानको काम सुरु हुने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया