तौल घटाउन खोज्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

यदि खोज्दै हुनुहुन्छ भने हामी तपाईंलाई एउटा तरिका बताउछौँ ।

लोकपथ
46.8k
Shares

काठमाडौं । यदि तपाईं तौल घटाउन खोज्दै हुनुहुन्छ ? यदि खोज्दै हुनुहुन्छ भने हामी तपाईंलाई एउटा तरिका बताउछौँ ।
तौल घटाउनका लागि क्यालोरीको मात्रा घटाउनुपर्छ तर कहिलेकाहीँ मानिसले लापर्बाहीपूर्वक खानामा क्यालोरीको मात्रा घटाउँछन् । जसले गर्दा स्वास्थ्यलाई जोखिम पार्न सक्छ ।

प्रतिदिन एक हजारभन्दा कम क्यालोरीको आहारले शरीरलाई आवश्यक सन्तुलित पोषण प्रदान गर्दैन र स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्छ । यस्तो अवस्थामा हामी यहाँ तपाईलाई केही चीजहरूको बारेमा बताइरहेका छौं जसको सेवनले तपाईंलाई कुनै हानी नगरी तौल घटाउने यात्रामा मद्दत गर्न सक्छ ।

अण्डा
अण्डामा (भिटामिन सी बाहेक) लगभग हरेक आवश्यक भिटामिन हुन्छ । यसमा फस्फोरस, क्याल्सियम र पोटासियम जस्ता खनिजहरू हुन्छन् । अण्डामा प्रोटिनको पूर्ण स्रोत हुन्छ । साथै अण्डा विभिन्न स्वादका लागि पनि उपयुक्त हुन्छ ।

तरकारीहरू
तपाईंलाई थाहा पाउँदा अचम्म लाग्न सक्छ तर सबै प्रकारका तरकारीहरूले वजन घटाउन मद्दत गर्दछ किनभने तिनीहरूमा फाइबर र धेरै पोषक तत्वहरू हुन्छन् जसले बोसो जलाउन मद्दत गर्दछ । उदाहरणका लागि ब्रोकाउली, काउली, ब्रसेल्स, स्प्राउट्स र बन्दाकोबी जस्ता तरकारीहरूमा फाइबर र भिटामिन प्रशस्त हुन्छ र यसले पाचन समस्याहरू कम गर्न मद्दत गर्दछ । हरियो सागसब्जीमा प्रोटिन प्रशस्तै पाइन्छ । तरकारी भिटामिन, मिनरल्स र फाइबरको राम्रो स्रोत हो ।

एभोकाडो
धेरैजसो मानिसले आफ्नो आहारमा एभोकाडो समावेश गर्न सक्दैनन् । यद्यपि यो फलमा फाइबरको मात्रा धेरै हुन्छ । यो स्वस्थ बोसोको गुणस्तरीय स्रोत हो, जसले यसलाई भोक कम गर्नका लागि उत्कृष्ट खाना बनाउँछ । तर यो बोसोको स्रोत भएकाले एभोकाडोमा क्यालोरीको मात्रा पनि उच्च हुन्छ, त्यसैले यसलाई सन्तुलित मात्रामा सेवन गर्नुपर्छ ।

This image has an empty alt attribute; its file name is avocado-768x514.jpg

स्याउ
स्याउमा फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त हुन्छ । यस फलमा एन्टी (इन्फ्लेमेटरी गुणहरू) पनि छन् र यसमा फाइटोकेमिकल्स र भिटामिन सी हुन्छ, जसले शरीरका साथै छालालाई पोषण दिन्छ र यसलाई स्वस्थ राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?