ट्राफिक प्रहरी जवान घिमिरेको हत्या आरोपमा पक्राउ परेका ७ मध्ये ६ जना जेल चलान

लोकपथ
4.8k
Shares

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये ६ जना जेल चलान भएका छन्।

प्रहरी वृत्त दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान घिमिरेको हत्या आरोपमा मुद्दा चलाइएका ७ जना मध्ये ६ जना थुनामा गएका हुन् ।

ती मध्ये एक जना १६ वर्ष भन्दा कम उमेरको भएका कारण उनलाई परिवारको जिम्मा लगाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

घिमिरेको हत्या आरोपमा गत जेठ ४ गते प्रहरीले २१ वर्षीय आइते भन्ने सचिन परियार, १८ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया विपना भनिने बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा तामाङ, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालकलाई प्रकाउ गरेको थियो।

गत जेठ ४ गते शुक्रबार तारकेश्वर नगरपालिका–९ स्थित मनमैजुमा घिमिरेको हत्या भएको थियो। घिमिरेको शव रक्ताम्मे अवस्थामा मनमैजुमा एक निर्माणाधीन घरको भुइँमा शुक्रबार फेला परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?