कांग्रेसले गर्यो लगानी सहजीकरण सम्बन्धी विधेयकमाथि सरोकारवालाहरुसँग छलफल

लोकपथ
169
Shares

काठमाडौं । नेपाली काङ्ग्रेसले लगानी सहजीकरण सम्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवालाहरुसँग छलफल गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले लगानी सहजीकरण विधेयकको कानूनी जटिलता र सहजीकरणका विषयमा सरोकारहरुसँग छलफल गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

उनले भने, ‘लगानी सहजीकरण सम्बन्धी ऐनमा संशोधन विधेयक संसदमा प्रस्तुत भएको छ । यसका कानूनी जटिलता के छन्, यो सहजीकरणमा सम्बोधन गर्न सकेको छ कि छैन् । यसको दुरुपयोग हुने सम्भावना छ कि भन्ने विषयमा कानूनी कोणबाट सुझाव लिने काम भयो, नीजि क्षेत्रको पनि सुझाव आयो, अझै यसको क्रम जारी नै छ ।’

उनले लगानीमा अझ धेरै सहजीकरण गर्न, लगानीको वातावरण सुनिश्चित गर्न र यसको दुरुपयोग हुनु हुदैँन् भन्ने कुरामा पार्टी गम्भिर रहेको भन्दै त्यही हिसाबले अगाडि बढ्ने बताए । आम उद्योग व्यवसायीलाई सहजीकरण गर्ने सम्बन्धमा अझ उदार हुनुपर्छ भन्ने उद्योग व्यवसायीहरुको कुरा रहेको पनि उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?