सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
42.7k
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर कारोबार भैरहेको छ।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आज चाँदीको मूल्यमा ५ रुपैयाँ बढेर तोलामा एक हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?