एसईईको मौका परीक्षा साउन १८ र १९ गते

लोकपथ
868
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।

अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेडिङ (एनजी) ल्याएका छन्।

योसँगै मौका परीक्षाको मिति पनि तय गरिएको छ। २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जानकारी दिएको छ।

बोर्डका अनुसार ननग्रेडिङ(एनजी) ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन्। त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?