विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु

लोकपथ
966
Shares

काठमाडौं । मनसुन भित्रिएपछि गत जेठ २८ देखि असार १२ गते सम्ममा भएका विपद्बाट हालसम्म २८ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका अनुसार, यो अवधिमा कूल १४७ विपद्का घटना भएका छन् । यो अवधिमा बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै, पहिरोका कारण २५ घर पूर्ण क्षति भएको छ । १० वटा घर आंशिक क्षति भएको

विपदबाट ३३ जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका छन् । पहिरोबाट मात्रै अनुमानित ६९ लाखभन्दा बढीको आर्थिक क्षति भएको छ । सो अवधिमा चट्याङबाट ६८ वटा घटना भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईका अनुसार पछिल्लो विपदजन्य घटना (असार ११ र १२ गते)को अवधिमामात्रै १८ जनाको मृत्यु भएको छ । जसमा नौजना चट्याङबाट र नौजना बाढीपहिरोमा परेर मृत्यु भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?