उच्च रक्तचापका बिरामीले आहारामा यी ४ खानेकुरा समावेश गर्दा राम्रो

लोकपथ
1.2k
Shares

काठमाडौं । उच्च रक्तचापका बिरामीले खानपानमा विशेष ध्यान दिनुपर्छ । गलत खानेकुरा खाँदा स्वास्थ्यमा असर गर्छ । अनियमित जीवनशैली र गलत खानपानले बिरामी बनाउन सक्छ । धेरै रोगहरुको सजिलै शिकार बन्न सक्छ । उच्च रक्तचाप यीमध्ये एक हो ।

रक्तचाप एक्कासी बढ्दा छाती दुख्ने, चक्कर लाग्ने, टाउको दुख्ने जस्ता अवस्थाको सामना गर्नुपर्ने हुन सक्छ । उच्च रक्तचापका कारण हृदयाघात पनि हुन सक्छ । तर यसलाई औषधि र आहारबाट नियन्त्रण गर्न सकिन्छ । यस्तो अवस्थामा उच्च रक्तचापका बिरामीले स्वास्थ्यलाई राम्रो बनाउन कुन खानेकुरालाई आफ्नो आहारमा समावेश गर्नुपर्छ भनेर हामी बताइरहेका छौँ ।

हरियो सागसब्जीलाई आहारमा समावेश गर्नुपर्छ
हरियो तरकारी जस्तै पालक, सलादमा क्याल्सियम, पोटासियम, म्याग्नेसियम र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । पोटासियमले मिर्गौलालाई अतिरिक्त सोडियम हटाउन मद्धत गर्छ ।

केराको सेवनले रक्तचाप नियन्त्रण हुन्छ
केरामा पोटासियम प्रशस्त हुन्छ । यसले उच्च रक्तचाप नियन्त्रण गर्छ । दिनमा एउटा केरा खानुपर्छ । केराको तरकारी पनि बनाएर खान सकिन्छ ।


चुकन्दरको सेवन पनि फाइदाजनक हुन्छ
चुकन्दरमा उच्च मात्रामा नाइट्रिक अक्साइड हुन्छ । रक्तनलीमा कतै अवरोध भएमा त्यसबाट छुटकारा मिल्छ र रगतको प्रवाह राम्रो रहन्छ । यसले उच्च रक्तचाप हुनबाट बचाउँछ । यस्तो अवस्थामा सलाद वा फलको रुपमा आफ्नो आहारमा चुकन्दर खानुहोस् ।

आहारमा लसुन समावेश गर्नुहोस्
लसुन एन्टिबायोटिक र एन्टी फंगस हो । यसले नाइट्रिक अक्साइड पनि बढाउँछ । यसले मांसपेशीलाई आराम दिन्छ । यसको सेवनले रक्तचाप नियन्त्रणमा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?