एसईई नतिजा : कुन जीपीएमा कति विद्यार्थी उत्तीर्ण ?

लोकपथ
2.7k
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ ।
बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार ५२ दशमलव १४ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना विद्यार्थी यस वर्षको परीक्षामा अनुत्तीर्ण अर्थात् ‘ननग्रेड’ भएका छन् ।

ननग्रेड हुने छात्रको संख्या १ लाख १४ हजार ४८ छ भने छात्राको संख्या १ लाख २८ हजार २ सय ५७ रहेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार सबै विषयमा जीपीए १.६ अर्थात् ‘डी’ ग्रेड नल्याउने विद्यार्थीको रिजल्ट ननग्रेड भएको हो ।
सार्वजनिक नतिजाअनुसार ३.६० देखि ४ जीपीएसम्म (सबैभन्दा राम्रो नतिजा) ल्याउने विद्यार्थी ३१ हजार २०९ जना छन् ।
त्यसमा छात्रको संख्या १६ हजार ९ सय १० छ भने र छात्राको संख्या १८ हजार २९८ छ ।
जीपीए ३.२० देखि ३.६० सम्म ल्याउनेको विद्यार्थीको संख्या ६८ हजार २५६ छ ।
जीपीए २.८० देखि ३.२० सम्म ल्याउने विद्यार्थीको संख्या ७८ हजार ८७६ छ ।
जीपीए २.४० देखि २.८० सम्म ल्याउने विद्यार्थी ४१ हजार १७७ छन् ।
जीपीए २ देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या २ हजार ९५० छ ।
त्यस्तै, जीपीए १.६ देखि २ सम्म ६ ल्याउने विद्यार्थी ६ जना मात्रै छन् । ती सबै छात्र हुन् । यो ग्रेड ल्याउने छात्रा छैनन् ।
गएको चैत अन्तिम सातासम्म सञ्चालन भएको २०८० सालको एसईई परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?