अब सिमकार्ड देखि सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

लोकपथ
1.5k
Shares

काठमाडौं । सरकारले सिम कार्र्ड लिनदेखि अन्य सार्वजनिक सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ।

गृह मन्त्रालयले सो ब्यहोरासहितको सूचना राजपत्रमा प्रकाशित गर्दै मोबाइलको सिमकार्ड लिन समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने नियम बनाएको हो।

उक्त नियम आगामी माघ १ गतेदेखिबाट लागु हुनेछ।

त्यसैगरी राजस्वसम्बन्धी अर्थात् व्यक्तिगत आयकर दर्ता, सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी, कम्पनी दर्ता तथा नवीकरण सम्बन्धी, बैंकिङ तथा वित्तीय सेवा सेवा सम्बन्धी, सामाजिक सुरक्षा कोष सम्बन्धी र घरजग्गा किनबेचसम्बन्धी काम गर्न पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ।

साथै राजस्व सम्बन्धी सेवा, ड्राइभिङ लाइसेन्स र कम्पनी दर्ताका लागि १ साउन २०८१ बाट राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?