प्रतिनिधिसभाको विषयगत समितिमा हेरफेर, डा. स्वर्णिम संसदीय सुनुवाई समितिमा, सुहाङ कानुनमा

लोकपथ
826
Shares
फाइल तस्बिर

काठमाडौं । सभामुख देवराज घिमिरेले बिहीबारको प्रतिनिधिसभा बैठकमा केही प्रतिनिधि सभा सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको घोषणा गरेका छन् ।

उनले कार्य व्यवस्था परामर्श समितिमा अब्दुल खानको स्थानमा अनिता देवीलाई, संसदीय सुनुवाई समितिमा डोलप्रसाद अर्यालको ठाउँमा डा. स्वर्णिम वाग्लेको नाम हेरफेर गरिएको जानकारी दिएका छन् ।

उनले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायणप्रकाश साउद, अर्थ समितिमा डा. प्रकाशरण महत, कानुन न्याय तथा मानव अधिकार समितिमा सीता गुरुङ र सुहाङ नेम्वाङलाई, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रमेश रिजाल र सुरेन्द्रराज आचार्यलाई राखिएको बताए ।

यस्तै, टेकबहादुर गुरुङलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा राखिएको छ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा धनराज गुरुङ, डिगबहादुर लिम्बू र मोहनबहादुर बस्नेतलाई राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?