स्रोत नखुलेको साढे ५ लाख रकमसहित एकजना पक्राउ

लोकपथ
238
Shares

काठमाडाैं । पर्सामा स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन्।

बिहीबार दिउँसो जगरनाथपुर गाउँपालिका-५ मसिहानीबाट स्रोत नखुलेको ५ लाख ५० हजार रूपैयाँसहित भारत विहार वेतीया ग्राम इनर्वा बजार बस्ने ३२ वर्षीय सिताराम प्रसादलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले म.प्र.०३-०२६ प ५५९२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई १ हजार दरको ५ सय थान र ५ सय दरको १ सय थान समेत गरी उक्त रकमसहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?