५५ हजारमै थाइल्याण्ड टुरको प्याकेज, डाउन पेमेण्टबिनै किस्ताबन्दीमा समेत घुम्न पाइने

लोकपथ
539
Shares

काठमाडौं । थाइल्याण्ड घुम्ने योजना बनाउनुभएको छ ? कति बजेट छुट्याउनुभयो ? हवाई टिकट, होटल बुकिङ आदि सबै गर्दा खर्च कति पुग्यो ? कम्तीमा एक लाख त निस्कियो होला ? तर अब थाइल्याण्ड घुम्न त्यति धेरै खर्च गर्नै पर्दैन । मात्रै ५५ हजारमा थाइल्याण्ड घुम्न पाइन्छ ।

हात्तीसारको रुप्से होलिडेजले ५५ हजार नेपाली रुपैयाँमै थाइल्याण्ड प्याकेजको घोषणा गरेको छ । रुप्से होलिडेजले मात्रै ५४ हजार ९९९ रुपैयाँमा ४ चार ५ दिनको थाइल्याण्ड टुरको प्याकेज ल्याएको हो ।

रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीका अनुसार मात्रै ५४ हजार ९ सय ९९ रुपैयाँमा थाइल्याण्डमा थ्री स्टार होटलको रुमसहितको प्याकेज उपलब्ध गराइएको हो ।

प्रबन्ध निर्देशक पराजुलीका अनुसार होलिडेजले ५४ हजार ९ सय ९९ रुपैयाँमा दुईतर्फी हवाई टिकट, दुई रात पटाया तथा दुई रात बैंककको थ्री स्टार होटलको ब्रेकफास्टसहितको बास खर्च, लञ्चसहित पटायाको कोरल आइल्याण्ड टुर, बैंककको सिटी टुर र एअरपोर्ट पिकअप तथा ड्रप समावेश गरिएको छ ।


ग्राहकले भिसा शुल्क भने थप तिर्नुपर्नेछ । भिसा शुल्क र प्रोसेसिङसहित कुल ६३ हजार रुपैयाँमा थाइल्याण्डको टुर प्याकेज ल्याइएको रुप्सेले जनाएको छ ।

मासिक ३ हजारको किस्ताबन्दीमा समेत घुम्न पाइने
तत्काल सबै रकम तिर्न नसक्ने ग्राहकका लागि रुप्से होलिडेजले किस्ताबन्दीमा घुम्ने समेत सुविधा दिने पराजुलीले बताए । त्यसका लागि सुरुमा जिरो डाउन पेमेण्ट अर्थात् एक रुपैयाँ पनि नतिरी समेत घुम्न जान पाइनेछ । २४ महिना मासिक ३ हजार रुपैयाँका दरले किस्ताबन्दीमा घुम्ने अवसर पाइने होलिडेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?