कोपा अमेरिका : घरेलु टोली अमेरिका पराजित

लोकपथ
6.3k
Shares

काठमाडौं । कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिका पराजित भएको छ । शुक्रबार बिहान सकिएको खेलमा अमेरिका पानामसँग २–१ गोल अन्तरले पराजित भएको हो । अमेरिकाको पहिलो हार हुँदा पानामाको पहिलो जित भएको छ ।

जर्जियामा भएको खेलमा घरेलु टोली अमेरिका १८औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । टिमोथी वेहले फल गरेपछि भारको सहायतामा रातो कार्ड दिइएको थियो । १० खेलाडीमा समेटिए पनि अमेरिकाले २२औँ मिनेटमा सुरुआती अग्रता लियो । फ्लोरेन जेरी बोलोगनले एन्टोनी रोविनसनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

१ गोलको अग्रता अमेरिकाले धेरैबेर भने जोगाउन सकेन । पानामका सिसर ब्ल्याकम्यानले २६औँ मिनेटमा बराबरी गोल गरेका थिए । जोसे फजार्डो नेल्सनले अब्दिएल अरमान्डो आयार्जा बोकेनेग्राकोे पासमा ८३औँ मिनेटमा गोल गरेपछि पानामा २–१ ले अघि बढेको थियो ।

८८औँ मिनेटमा अडाल्बर्टो केराक्किलाले रातो कार्ड पाएपछि पानामा पनि १० खेलाडीमा समेटिएको थियो । जितसँगै पानामाले पहिलो ३ अंक जोडेको छ । समूह सीमा पानामा तेस्रो स्थानमा छ भने पराजित भएको अमेरिका समान ३ अंकका साथ दोस्रो स्थानमा छ । यही समूहमा उरुग्वे पनि तीन अंकका साथ शीर्ष स्थानमा रहँदा बोलिभिया भने अंक विहिन हुँदै तालिकाको पुच्छारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?