सुर्खेत । कर्णाली करिडोरको ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । करिडोरको दैलेख खण्डअन्तर्गत पहिरो गएको हो ।
दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेका अनुसार, पालेतडा–पादुका खोलाबीचको खण्डका पाँच ठाउँमा पहिरो खसेको छ । अवरुद्ध सडक खोल्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोली परिचालन भएको छ ।
यसैगरी, मध्यपहाडी राजमार्गको रुकुमखण्ड पनि अवरुद्ध भएको छ । रुकुमपश्चिमको मुसिकोट नगरपालिका–८ किटनीमा बिहीबार साँझ खसेको पहिराले बाटो अवरुद्ध भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया