काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ४८ पैसा र बिक्री दर १४३ रुपैयाँ १२ पैसा रहेको छ । आज, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३४ पैसा रहेको छ । पाउण्डको बिक्री दर भने १६९ रुपैयाँ १० पैसा तोकिएको छ ।
त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ पुगेको छ ।
आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया