नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका झा पक्राउ

लोकपथ
559
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा बेचन झालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले फरार रहेका झालाई पक्राउ गरेको हो । उनले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएका हुन् ।

शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट बेचन झाले दुई करोडको चेक बुझेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

यसअघि प्रहरीले झाको वतनको पूरा विवरण नखुलेको भन्दै खुलेका बखत पुनस् अनुसन्धान गर्नेगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?