मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, पछाडि बसेका युवक घाइते

लोकपथ
2.5k
Shares

काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

शनिबार बिहान पुकार चोकबाट तुलसीपुर उपमहानगरपालिका – १२ ग्वारखोला जाँदै गरेको रा ३ प ३७५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका – १६ का २० वर्षीय सागर नेपालीको मृत्यु भएको हो।

मोटरसाइकलको पछाडि बसेका मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ बर्षीय ताराबहादुर धिताल घाइते छन्।

मोटरसाइकल झन्डै १५ मिटल तल खसेको प्रहरीले जानकारी दिएको छ । पुलको नजिककैको पोलमा ठोक्किएर उनीहरु पूल माथि नै लडेको भएपनि मोटरसाइकल भने तल खसेको थियो।

दुर्घटनापछि गम्भीर घाइते भएका चालक नेपालीको उपचारका क्रममा बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा गएराति मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मोटरसाइकल पछाडि बसेका धितालको तुलसीपुरमै उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?