कर्णालीमा असार मध्यसम्म ४७ प्रतिशत रोपाइँ सम्पन्न

लोकपथ
169
Shares

सुर्खेत । कर्णालीमा प्रदेशमा गत वर्ष भन्दा यस वर्ष रोपाइँमा ढिलाइ भएको छ । समयमा वर्षा नभएकाले रोपाइँमा ढिलाइ भएको हो । अहिले मानो रोपेर मुरी फलाउने समय भएकाले किसानहरू रोपाइँमा व्यस्त पनि देखिन्छन् ।

यस वर्ष मनुसन ढिलो सक्रिय भएपनि किसानलाई रोपाइँ गर्न भ्याइनभ्याइ छ । आकासे पानीको भर पर्ने किसानका लागि भने समयमा पानी नपर्दा समस्या भएको थियो ।

कर्णालीमा अधिकांश सिँचाइ उपलब्ध भएको र खोलाको आसपासमा रहेका धेरैजसो ठाउँमा रोपाइँ सम्पन्न भएको छ ।

कर्णालीमा असार मध्यसम्म ४७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालयका अधिकृत याम रानाका अनुसार ४७ प्रतिशत रोपाइँ सकिएको जानकारी दिए ।

उनका अनुसार कर्णाली १० जिल्लामध्ये जुम्लामा ९० प्रतिशत, दैलेखमा २७, रुकुम पश्चिम ३०, जाजरकोटमा ३२, सल्या
नमा ५२, हुम्ला र डोल्पामा ८०/८० प्रतिशत, मुगुमा ७०, कालिकोट १५ प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको सूचना अधिकारी रानाले बताए । सबैभन्दा कम सुर्खेत ५ प्रतिशत रोपाइँ भएको छ । कर्णालीमा ४१ हजार ९ सय ४ धान खेती हुने क्षेत्र रहेको छ ।

अधिकृत रानाले पहाडी जिल्लामा धेरैजसो ठाउँमा रोपाइँ सम्पन्न हुन लागेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?