लद्दाखमा बाढीमा परी ५ भारतीय सैनिकको मृत्यु

लोकपथ
2.2k
Shares

काठमाडौं । भारतको लद्दाख सीमा रेखा नजिकै आएको बाढीमा ५ भारतीय सैनिकको मृत्यु भएको छ। भारतीय सेनाले यो दुर्घटना लद्दाख नजिकै दौलत बेग ओल्डी क्षेत्रमा भएको जनाएको छ।

शुक्रबार यी सैनिकहरू ट्याङ्कसँग अभ्यास गरिरहेको बेला नदी तर्ने क्रममा पानीको सतह एक्कासी बढेको थियो। दुर्घटना हुँदा ट्याङ्कमा पाँच जना सैनिक थिए। जसमा एक जेसीओ र चार सैनिक रहेका छन्।

समाचार एजेन्सी एएनआईका अनुसार लेहमा डिफेन्स पीआरओले रातमा सैन्य प्रशिक्षण गतिविधिको क्रममा पूर्वी लद्दाखको सासेर ब्राङ्सा नजिकैको श्योक नदीमा सेनाको ट्याङ्क फसेको बताएको छ।

उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगेपनि पानीको सतह तीव्र गतिमा बढेका कारण उद्धार टोलीले आफ्नो काममा सफल हुन सकेन र ट्याङ्क चालक दलका सबै सदस्यले ज्यान गुमाए हुन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले पाँच सैनिकको मृत्युप्रति दुःख व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?