‘नेपालमा कम्युनिष्ट नेताहरुकै पहलमा ठूलो परिवर्तन’

लोकपथ
143
Shares

काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट नेताहरु भाषण गर्नमा मात्र नभई समाज परिवर्तन गर्न र विकासको ढोका खोल्न समेत निपूर्ण रहेको दाबी गरेका छन् ।शनिबार राजधानीमा आयोजित पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट नेताहरुकै पहलमा नेपालमा ठूला ठूला परिवर्तन भएको दाबी गरे ।

उनले भने, ‘कम्युनिष्ट नेताहरु भाषणमा मात्र होइन समाजमा परिवर्तन र विकासको ढोका खोल्न पनि निपूर्ण छौं । अहिले नेपालको कम्युनिष्ट आन्दोलन उकाली–ओराली, विघटन–पुनर्गठन हुँदै अगाडि बढिरहेको छ । तर कम्युनिष्ट पार्टीहरु अब गम्भिर हुने बेला भएको छ । कम्युनिष्टको पहलमा नेपालमा ठूलो परिवर्तनहरु भएका छन् । अहिले पनि देश र समाजको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा छ ।’

नेपालको राष्ट्रिय राजनीतिमा कम्युनिष्ट आनदोलनले ठूलो भूमिका खेलेको अध्यक्ष नेपालको भनाइ छ । नेपालको राजनीतिमा कम्युनिष्ट आनदोलनले महत्वपूर्ण भूमिका खेलेको छ । र हामी सबै पुष्पलालकै शिष्य हौं । म आफैं पनि पुष्पलालकै अनुयायी हुँ । पुष्पलालजी र नक्सलवादी पार्टीबाट प्रभावित भएर नयाँ जोस र क्रान्तिका साथ अगाडि बढ्नुपर्छ भनेर नयाँ यात्रा प्रारम्भ गरेका थियौं । र त्यसैले आज हामी नेपालको कम्युनिष्ट आन्दोलन देखिरहेका छौं’, उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?