लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वमा को को ?

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ प्रथम राष्ट्रिय महाधिवेशनबाट चयन भएका केन्द्रीय समितिको नाम सार्वजनिक गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिले शनिवार सार्वजनिक गरेको नामावलीमा सबै पद सर्वसम्मत चयन गरिएको जनाएको छ । ‘संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन’ भन्ने मुल नाराका साथ २०८१ असार ११, १२ र १३ गते प्रज्ञा भवन, कमलादी काठमाडौमा महाधिवेशन सम्पन्न भएको समितले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गरिएको महाधिवेशनले ओमबहादुर घर्तिमगरलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै उपाध्यक्षमा युवराज गुरुङ, मनमोहन बुढाथोकी छन्त्याल चयन भएका छन् ।

महासचिवमा बिश्वदिप लिङदेन, रामजी कोङरेन, मनहरी श्रेष्ठ, जगतबहादुर बराम चयन भएका छन् । सहमहामन्त्रीमा दुर्गा सुनुवार, सुवासचन्द्र राई, श्रुति कुमाल, अभिशेष चौधरी राजवंशी, पेम्बा ग्याल्जेन शेर्पा, खेम चेपाङ, मनोज सिंह दनुवार र तेज बहादुर धिमाल चयन भएका छन् ।

महाधिवेशनमा केन्द्रीय तदर्थ समिति आवद्ध संघ, अध्यक्षबाट मनोनीत एवं १६५ निर्वाचन क्षेत्र निर्वाचित १३२७ जना महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रथम महाधिवेशनले १५ पदाधिकारीसहित १०८ सदस्सीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक विनोदकुमार गुरुङले जनाए ।

प्रथम राष्ट्रिय महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न नेपाली काङ्ग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेको संयोजकत्वमा केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र केन्द्रीय सदस्य एवं आदिवासी जनजाति बिभाग प्रमुख दिलमान पाख्रिनलाई सहजीकरण एंव समन्वयको जिम्मेवारी दिएको थियो ।

बिनोद गुरुङको संयोजकत्वमा प्रतिनिधि सभा सदस्य कुशुमदेवि थापामगर र नरेश ताम्राकार सदस्य रहेको निर्वाचन केन्द्रीय समितिले महासंघको विधान २०७९ बमोजिम सर्वसम्मत रुपमा केन्द्रीय कार्यसमिति चयन गरिएको छ ।
केन्द्रीय सदस्यमा को को ?
कोशी प्रदेश

पासाङ शेर्पा, धनकुमारी मगर, टेकबहादुर गुरुङ, पदम निङ्लेखु लिम्बु, केदार सिं गुरुङ, सिला तामाङ, प्रतिक्षा राई, लोकबहादुर समालमगर, सुबास लिम्बु, हरिदेबी भुजेल, भगीमान गुरुङ, सुनिता कुमारी उराँव सन्थाल, प्रेमराज तुम्बाहाङ्फे, थामन लामा, खिम तामाङ ।
मधेश प्रदेश
अमिर लामा मोक्तान, प्रतिक्षा महर्जन, धनकुमारी पुलामी मगर, लिल बहादुर गोले, जंग बहादुर दास थारु, बिजय कुमार मंडल, चन्दा लामा, चन्द्रिका कुमारी मगर ।
वाग्मती प्रदेश
तीर्थ लामा, आङटेण्डी शेर्पा, मदनलाल श्रेष्ठ, केसाङ्मु शेर्पा, अर्जुन कुमार गुरुङ, सानुराम घले, मोहन कुमार तामाङ, पशुपति गुरुङ, लक्ष्मीमाया थिङ, खड्गबहादुर वाइवा, साबित्री थापामगर, जीतबहादुर तामाङ, सरिता श्रेष्ठ, हिरालाल शाक्य, इन्द्रमाया लामा, योमाया तामाङ, ठाकुर कुमाल, सरिता राना थापामगर, मोहन लाल तामाङ, आकाश लामा, महेन्द्र थापामगर, चन्द्र कुमार तामाङ, राजु कुशुम लामा, बाबुराम तामाङ, तेजप्रसाद गुरुङ, इन्द्रबहादुर लामा, कृपा श्रेष्ठ, प्रेम कुमारी तामाङ, हिमाल तामाङ, रिजन मर्हजन, सूर्य श्रेष्ठ, बिजय लामा ।
गण्डकी प्रदेश
रेनुका काउछामगर, राजु गुरुङ, माया रानामगर, देब कुमार मानन्धर, बिक्रमबहादुर सारुमगर, गौमाया खण्डलुक मगर, भीमबहादुर गुरुङ, कृष्णकुमार गुरुङ, नरजंग घर्तिमगर, खेम बहादुर गुरुङ ।
लुम्बिनी प्रदेश
टोपबहादुर थापामगर, सावित्रा रानामगर, सिता श्रेष्ठ, थानबहादुर कुँवरमगर, रुपमाया पुन, टिचन गुरुङ, खगेश्वर थापामगर, रामबहादुर रानामगर, होमबहादुर शेरचन, प्रमोद बहादुर श्रेष्ठ ।
कर्णाली प्रदेश
हस्त पुनमगर, नन्द बहादुर गुरुङ, कुनज्याप तामाङ, दुर्गा कुमारी श्रेष्ठ, तिलक मर्साङ्गीमगर, मानबहादुर बुढामगर, अमर बहादुर रौकामगर, बलिमाया बुढामगर, भदे बुढामगर, प्रेमबहादुर राम्जालीमगर, पवित्रा थापामगर पुन, धनबहादुर घर्तिमगर, निमा छिरिङ ।
सूदुरपश्चिमाञ्चल प्रदेश
बासुदेव सिंह ऐतवाल, खड्ग बहादुर बुढामगर, बसन्तीदेवी थापामगर, संजय कुमार बैध ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?