सडक बत्तीको बक्यौता महसुल बुझाउन प्राधिकरणले ल्यायो किस्ताबन्दीको सुविधा

लोकपथ
78
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन स्थानीय तहहरूको लागि किस्ताबन्दीको सुविधा ल्याएको छ ।

आइतबार (आज) एक सूचना प्रकाशित गर्दै प्राधिकरणले ४५ दिनको सार्वजनिक सूचना जारी गरेको हो ।

सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरूले तिर्नुपर्ने थप दस्तुर सहितको बक्यौता विद्युत् महसुल बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्था गरेको हो ।

सम्बन्धित स्थानीय तहहरूले सूचना प्रकाशित भएको मितिले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीका लागि विद्युत महसुल बुझाउने आवेदन दिन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?