कोपा अमेरिका : अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

लोकपथ
2.3k
Shares

काठमाडौं । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना शतप्रतिशत जीतका साथ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान भएको समूह एको खेलमा अर्जेन्टिनाले पेरुलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

स्टार खेलाडी लियोनल मेस्सीलाई विश्राम दिइएको खेलमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले दुवै गोल गरेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४७औँ मिनेटमा मार्टिनेजेल एन्जल डी मारियाको पासमा गोल गर्दै अग्रता दिलाए । 

७२औँ मिनेटमा लियोनार्दो परेडेसले पेनाल्टीमा गोल गर्न चुक्दा अर्जेन्टिनाले अग्रता दोब्बर बनाउन असफल भएको थियो ।

८६औँ मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दा अर्जेन्टिनाले अग्रता पनि दोब्बर बनाएको थियो । यही समूह एबाट क्यनाडाले पवनि अन्तिम ८ मा स्थान बनाएको छ । क्यानडाले चिलीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेपछि दोस्रो स्थानमा रहेर क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

शीर्ष स्थानमा रहेको अर्जेन्टिनाका ९ अंक हुँदा क्यानडाको चार अंक रहेको छ । यसैगरी चिली २ अंकका साथ तेस्रो तथा पेरु १ अंकका साथ चौथो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?