लिखु तामकोशीको खिम्तीका किसानलाई अनुदानमा कृषि उपकरण

लोकपथ
39
Shares

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ का किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरिएको छ ।

गाउँपालिकाको ५ प्रतिशत अनुदान सहयोगमा सो वडाका किसानलाई १३ वटा मिनिटिलर (जोत्ने हाते ट्याक्टर) वितरण गरिएको छ । त्यसै गरी तीनवटा धान झार्ने थ्रेसर मेसिन, चारवटा पिसानी मिल, पाँच वटा मकै छडाउने मेसिन पनि किसानलाई वितरण गरिएको छ ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष शिवप्रसाद न्यौपानेले किसानहरूलाई ती सामाग्री वितरण  गरेका हुन् । कृषिमा यान्त्रिकरण कार्यक्रम अन्तर्गत उपकरण वितरण गरिएको बताउँदै न्यौपानेले यसबाट किसानको श्रम कम हुन गई कृषि उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरे ।

यसैगरी गाउँपालिकाको ५० प्रतिशत अनुदानमा सो वडाका किसान नारायणबहादुर थापा मगरलाई तरकारी खेतीको लागि हाइटेक प्रविधिको टनेल प्रदान गरिएको छ । टनेल निर्माणको लागि गाउँपालिकाले २ लाख रुपैँया आर्थिक सहयोग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?