फणीन्द्र देवकोटा पुन: बने मन्त्री, लिए शपथ

लोकपथ
259
Shares

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सर्वोच्च अदालतको आदेशबाट मुद्दा जितेर शुक्रबार संसद छिरेका देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन् ।

गत जेठ २८ गते माओवादीको निर्णयविपरीत सांसद देवकोटालाई मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिलाएको भोलिपल्टै मन्त्री नियुक्त भएका थिए ।

माओवादी चुनाव चिह्नबाट विजयी भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?