काठमाडौं । चितवनको भरतपुरस्थित होटलमा एक चिनियाँ नागरिक मृत अवस्थामा फेला परेका छन् । बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका ५६ वर्षीय पियान छाङ्गसिन आज बिहान मृत अवस्थामा परेका हुन् ।
यही असार १० गतेदेखि सो होटलमा बसेर उनले बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए । उनी आज बिहान ८ बजेर ५५ मिनेटमा होटलको कोठाभित्र मृत फेला परेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया