धनुषा । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । नगराइन नगरपालिका-२ जटही बस्ने ३० वर्षीय लेखु यादवको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।
सोही ठाउँस्थित घरमा प्लास्टर गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको गणेश मेडिकल नगराईनमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया