काठमाडौं। सशस्त्र प्रहरी बलका असई थमन विक हत्या आरोपमा फरार रहेका पूर्वप्रदेश सांसद कौशल कुमार यादवलाई प्रहरीले पक्राउ गरेकाे छ ।
फरार रहेका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरेको हो ।
अदालतमा मुद्दा चलिरहँदा फरार रहेका उनलाई जिल्ला अदालत महोत्तरीले जन्मकैदको सजाय सुनाइएको थियो ।
महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।
।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया