काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद बैठकमा नै सांसदहरू निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन् ।
आइतबार संसद भवनमा ६६औँ संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले संसद बैठक बसिरहेको बेला घ्वाँरघ्वाँर घुर्दै निदाउने गरेको देखेपनि आफूले फोटो खिच्न नपाउने भएका कारण रेकर्ड राख्न नपाएको बताएकी छिन् ।
उनले सुत्नकै लागि वा निधाउनका लागि मात्र सभामा नबस्न आग्रह गरिन् । उनले भनिन्,‘संसदमा त्यो फोटो खिच्न मिल्दैन ।
घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ माननीयज्यूहरू । मैंले धेरैजना मस्त निधाइरहेको देखें । अलिअलि त रेकर्ड पनि गरेर राखेको छु । सुत्ने तरिकाले चाहीं सभामा नबसौँ ।’ उपसभामुख रानाले जाग जाग नेपाली भन्नुपर्ने बेलामा नसुत्न र सुतेर सपना नदेख्न आग्रह गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया