ओली भेटेको भोलिपल्टै देउवाले बोलाए पदाधिकारी–पूर्वपदाधिकारी बैठक

बैठक भोलि दिउँसो ३ बजे बुढानीलकण्ठमा बस्ने

लोकपथ
2.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको भोलिपल्टै पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।कांग्रेस सभापति देउवाले सोमबार दिउँसो ३ बजे बूढानीकण्ठस्थित आफ्नो निवासमा बस्ने गरी बैठक बोलाएका हुन् ।

सभापति देउवाले शनिबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तीन घण्टा लामो छलफल गरेका थिए । छलफलका लागि उनले पत्नी आरजु राणा देउवालाई पनि सँगै लगेका थिए । यद्यपि, छलफलमा के के कुरा भए, अझै सार्वजनिक हुन सकेको छैन ।

कांग्रेसका एक पदाधिकारीका अनुसार, सभापति देउवाले हिजो शनिबार मात्र एमाले अध्यक्ष केपी ओलीजीसँग वार्ता गरेको विषय पनि बैठकमा उठ्ने बताए । उनले छलफलको एजेण्डा भने पार्टीको आन्तरिक विषय भएको बताए ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगामी केन्द्रीय समिति बैठकका सन्दर्भमा छलफल हुने बताए । उनका अनुसार १५ असारदेखि समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?