पर्यावरण संरक्षणका लागि एकसय युवा इको लिडरको घोषणा

लोकपथ
112
Shares

चितवन । तेस्रो कृषि–जलावायु युवा लिडरसीप समिट २०८१ ले एकसय युवा इको लिडर (पर्यावरणीय युवा अगुवा)को घोषणा गरेका छ । इको लिडरले वर्षभरी हरित कृषि, जलावयु परिवर्तन तथा दिगो विकासका लागि अभियानहरु संचालन गर्नेछन् ।

सबै इको लिडरलाई समेटर असार १६ गते एकसय युवा इको लिडर्स नेटवर्क गठन गरिएको फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले जानकारी दिए । उक्त नेटवर्कमा देभरीबाट २५ वर्ष मुनिका युवाहरु छनौट गरिएको अवस्थीले बताए । उनले एकसय युवा इको लिडर छनौट देशभरीबाट प्राप्त पाँचसय आवेदक मध्येबाट छानिएका बताएका छन् ।

समिटले एकसय युवा इको लिडर्स नेटवर्कको विधान, कार्यविधि तथा ६ महिनाको कार्ययोजना तथा आचारसंहिता समेत पारित गरेको आयोजकले जानकारी दिए । इको लिडरले संकल्प पत्रमा हस्ताक्षर तथा औठा छाप लगाएर हरित कृषि तथा जलवायु परिवर्तन सम्बन्धी कार्य गर्ने र आफ्नो आचरण पनि सोही अनुसार गर्ने संकल्प गरेका छन् ।

सम्मेलन उदघाटन बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले गरेका थिए । उनले सरकारले युवा पलायन रोक्न र युवालाई स्वदेशमै बस्नका लागि दिर्घकालिन कार्यक्रम ल्याउनुपर्ने बताएका थिए ।विशिष्ट अतिथि बागमती प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले आफू बागमती प्रदेश जलवायुमैत्री कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष, द एशिया फाउण्डेसनका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

समिटमा तीन ओटा फरक फरक विषयमा कार्यपत्रहरु पेश गरिएको थियो । जसमा महर्षि वैदिक इन्टरनेसनल फाउण्डेनबाट प्रध्यापक जोन कोनहाउसले वैदिक कृषि प्रणालीको बारेमा प्रस्तुत गरेका थिए ।
त्यसैगरी कृषि तथा वन विश्वविद्यालय सहप्राध्यापक दिनेश भट्टले कृषि र जलवायु परिवर्तनका चुनौती र युवाका सवालको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै ओरेक नेपालकी कार्यकारी निर्देश सुनिता मैनाली जलवायु न्याय र कृषिको बारेमा कार्यपत्र पेश गरेका थिए । त्यस्तै हरित युवा गोष्टीमा १० ओटा कृषि, जलवायु परिवर्तन र युवासँग जोडिएका विषय १० ओटा समूहमा फलफल गरी साधानका उपाय पहिचान गरिएको फोर एच नेपालका उपाध्यक्ष सिता रणपालले जानकारी दिए ।

समिटको अर्को दिन छानिएका १० ओटा कृषि, जलवायु परिवतनसँग जाडिएका नविन विचारहरु छनौट गरी प्रत्येक युवालाई जनही दशर हजार दिने घोषणा समेत गरिएको आयोजक सरोज कुमार जोशीले बताए । डा.चिन्तमणी योगीले युवालाई जीवन जिउने शैली र युवाको सकरात्मक धारण विकास सम्बन्धी प्रशिक्षण पनि गराएका थिए ।

१० बुँदे जलवायु परिवर्तन संकल्पपत्र जारी
चितवनमा सम्पन्न भएको तेस्रो युवा कृषि–जलवायु युवा लिडरसीप समिटले हरित कृषि तथा जलवायु परिवर्तन सम्बन्धी १० बुँदे संकल्प पत्र जारी गरेको छ । समिटको संकल्प पत्रमा पर्यावरणीय संरक्षणका लागि युवा आफ्नो संकल्प जारी गरेको अवस्थीले जानकारी दिए ।

संकल्प पत्रमा युवाले आफ्ना व्यवहार तथा नेतृत्व पर्यावरणमैत्री बनाउने र आफूले समुदायमा जलवायु परिवर्तन न्यूनिकरण तथा रैथाने कृषिको संरक्षणमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् । र, सरकारसँग जलवायु परिवर्तनका लागि प्रभावकारी नीति ल्याउन पनि माग गरेका छन् । उद्योग, कलकारखाना तथा निर्माणर्काले जलवायु परिवर्तनमा ठूलो असर परेकाले सामाजिक उत्तरदायित्व बजेट मध्ये पर्यावरण संरक्षणका लागि निश्चित बजेट छुटयाउन पनि माग गरेका छन् ।

्समिट २०८१ असार १३ देखि १५ गतेसम्म आयोजना गरिएको थियो । समिटमा भरतपुर महानगरपालिका, द एशिया फाउण्डेशन, नबिल बैंक, नेपाल टेलिकम, कृषि विकास बैंक तथा ओरेक नेपाल सहितका सहकार्य तथा सँझेदारी रहेको आयोजकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?