संघीय मामिलाका २४ दरबन्दी कटौती

लोकपथ
133
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २४ जना कर्मचारीको दरबन्दी कटौती गरिएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपसचिव र सोभन्दा तल्ला तहहरूका कर्मचारीहरुको दरबन्दी कटौती गरेको हो ।

मन्त्रालयमा हालसम्म १ सय ७२ जनाको दरबन्दीमा अब कटौती गरेर मन्त्रालयमा १ सय ४८ जना मात्रै कर्मचारीको दरबन्दी कायम भएको छ ।

२० जना उपसचिवहरुमा २ जना कटौती , ४६ शाखा अधिकृतमा ७ जना कटौती ,नायव सुब्बा ३, खरिदार ६, टाइप नासु २, कम्प्युटर अपरेटर २ र कार्यालय सहयोगी ३ जनाको दरबन्दी घटाइएको छ ।

त्यस्तै मन्त्रालयको प्रशासन महाशाखालाई विभाजन गरेर आन्तरिक व्यवस्थापन महाशाखा थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?