भेनेजुएला कोपाको अन्तिम ८ मा

लोकपथ
182
Shares

काठमाडौं । भेनेजुएला कोपा अमेरिकाको समूह चरणमा शतप्रतिशत जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा सोमबार विहान जमैकामाथि ३–० को सहज जित दर्ता गरेको हो ।

टेक्ससमा भएको खेलमा भेनेजुएलाले पहिलो हाफ गोलरहित बरबारी खेले पनि दोस्रो हाफमा ३ गोल गरेको थियो । भेनेजुएलालाई एडवार्ड बेलोले ४९औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ४६औँ मिनेटमा जोस सालमोनले अग्रता दोब्बर बनाए । ८५औँ मिनेटमा एरिक रेमिरेजले गोल गरेपछि भेनेजुएला ३–०को सहज जितका साथ अन्तिम ८मा पुग्न सफल भयो ।

जमैका भने समूह चरणका सबै खेलमा हार व्यहोरेर बाहिरिएको छ । यही समूह बीमा रहेका इक्वेडर र मेक्सिोको बराबरी खेले । बराबरीले इक्वेडरलाई अन्तिम ८ मा स्थान पक्का गराउँदा मेक्सिो भने प्रतियोगिताबाट बाहिरिएको छ । दुवै टिमको समान चार चार अंक भए पनि गोल अन्तरका आधारमा इक्वेडर अन्तिम आठमा प्रवेश गरेको हो ।

क्वाटरफाइनलमा भेनेजुएलालले क्यानडासँग खेल्दा इक्वेडरले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?