कान्तिपुर होलिडेजले ल्यायो थाइल्याण्ड, मलेसिया र सिंगापुरको कम्बो प्याकेज

मासिक ५ हजार ५ सयको किस्ताबन्दीमा समेत घुम्न पाइने

लोकपथ
23.2k
Shares
Cityscape in Singapore.

काठमाडौं । घुमघाममा रुचि राख्ने नेपाली पर्यटकका लागि कान्तिपुर होलिडेजले तीन देशको कम्बो प्याकेज सार्वजनिक गरेको छ । होलिडेजले थाइल्याण्ड, मलेसिया र सिंगापुरको ९ रात १० दिनको कम्बो प्याकेज सार्वजनिक गरेको हो ।

लाजिम्पाटमा कार्यालय रहेको कान्तिपुर होलडेजले थाइल्याण्डबाट सिंगापुर हुँदै मलेसिया आएर काठमाडौं फर्कने गरी कम्बो प्याकेज सार्वजनिक गरेको हो । होलिडेजले १ लाख १९ हजार ८ सय रुपैयाँमा तीन देशको टुर प्याकेजको घोषणा गरेको हो ।

कान्तिपुर होलिडेजका प्रबन्ध निर्देशक दामोदर ढकालका अनुसार होलिडेजले लाइट, भ्यालु र फ्लेक्जी गरी तीन प्रकारको सेवामा तीन प्रकारकै मूल्यसमेत समावेश गरेको छ ।

होलिडेजले लाइट प्याकेजका लागि थ्री स्टार होटेलमा राख्ने गरी १ लाख १९ हजार ८ सय रुपैयाँ, भ्यालु प्याकेजका लागि थ्री स्टार डिलक्स होटलमा राख्ने गरी १ लाख २५ हजार रुपैयाँ र फ्लेक्जी प्याकेजका लागि फोर स्टार होटेलमा राख्ने गरी १ लाख ३० हजार रुपैयाँको प्याकेज सार्वजनिक गरेको हो । उक्त मूल्यमा हवाई टिकट, होटेलमा ब्रेकफास्ट सहितको रुम, अन्य स्थानीय टुरका लागि हुने खर्च, यातायात खर्च र एअरपोर्ट पिकअप तथा ड्रप सुविधा समावेश भएको छ ।

यस्तो छ तीन देश घुम्ने टुर प्याकेजको आइटीनरी
कान्तिपुर होलिडेजले तयार पारेको आइटीनरी अनुसार पहिलो दिन काठमाडौंबाट थाइल्याण्डको डीएमके विमानस्थलमा अवतरण गरी त्यहाँबाट पटाया लगिनेछ । त्यहाँ थ्री स्टार होटेलमा ट्वीन वा डबल बेडमा राखिनेछ । आफ्नो साथी पनि नभएको र एक्लै बस्न चाहने ग्राहकका लागि सिंगल बेडसमेत उपलब्ध हुने होलिडेजले जनाएको छ ।

दोस्रो दिन होटेलमा ब्रेकफास्ट गरेर पटायाको कोरल आइल्याण्ड टुर गराइनेछ र त्यही लञ्चसमेत खुवाइनेछ । त्यसपछि अपराह्न ३ बजे होटेलमा ल्याइनेछ र बाँकी समय व्यक्तिगत घुमघामका लागि छाडिनेछ ।

तेस्रो दिन बिहान होटेलमा ब्रेकफास्ट गरेर पटायाबाट बैंकक ल्याइनेछ र त्यहाँ सिटी टुर गराइनेछ । त्यसपछि अपराह्न २ बजे होटेलमा लगिनेछ । बैंककको थ्री स्टार होटेलमा सिंगल, डबल वा ट्वीन रुममा राखिनेछ ।

चौथो दिन बैंककमा सपिङ र घुमघामका लागि छुट्याइएको छ ।

पाँचौ दिन होटेलमा ब्रेकफास्ट गरी बैंककको डीएमके एअरपोर्टबाट सिंगापुरको लागि उडान हुनेछ । सिंगापुर पुगेर त्यहाँको थ्री स्टार होटेलमा राखिनेछ ।

छैटौँ दिन बिहान सिंगापुरको होटेलमा ब्रेकफास्ट गरेर सिटी टुर, सेन्तोसामा केबल कार सयर तथा म्याडामे तस्सडको घुमघाम तथा निःशुल्क फोटो सेसन उपलब्ध हुनेछ ।

सातौँ दिन सिंगापुरको होटेलमा ब्रेकफास्ट गरेर मलेसियाको क्वालालुम्पुरका लागि लक्जरी टुरिष्ट बसमा यात्रा गराइनेछ । क्वालालुम्पुर आइपुगेपछि त्यहाँको थ्री स्टार होटेलमा राखिनेछ ।

आठौँ दिन बिहान क्वालालुम्पुरको होटेलमा ब्रेकफास्ट गरेर क्वालालुम्पुरको बाटु केभ लगायतका स्थानमा सिटी टुर गराइनेछ ।

नवौँ दिन बिहान क्वालालुम्पुरको होटेलमा ब्रेकफास्ट गरी त्यहाँबाट क्वालालुम्पुरबाट केही टाढा पहाङ भन्ने स्थानमा रहेको गेन्तिङ हाइल्याण्डमा घुमघामका लागि लगिनेछ । त्यहाँको चिसो मौसम, केबलकारको यात्रा र रमणीय दृश्यावलोकन गरी साँझ होटेलमा ल्याइनेछ । मलेसियामा पनि लक्जरी बसबाट सिटी टुर तथा स्थानीय यात्रा गराइनेछ ।

दशौँ दिन बिहान होटेलमा ब्रेकफास्ट गरी क्वालालुम्पुरको अन्तर्राष्ट्रिय विमानस्थल लगिनेछ र त्यहाँबाट साँझ काठमाडौं ल्याइनेछ ।

कम्बो प्याकेजमा के के समावेश छ ?
कान्तिपुर होलिडेजले तयार पारेको कम्बो प्याकेजमा होटलको बास खर्च, हवाई टिकट, थाइल्याण्ड तथा मलेसियाको भिसा शुल्क तथा एअरपोर्ट ट्रान्सपोर्ट, सिटी टुर, सिटी टुरका लागि आवश्यक टिकट आदि समावेश गरिएको छ ।


ग्राहकले ड्राइभर तथा गाइडलाई दिने टिप्स, प्याकेजमा समावेश नभएको लञ्च तथा डिनरको शुल्क, आफूले प्रयोग गर्ने थप सेवा जस्तै क्रुज डिनर लगायतका अन्य खर्च र ट्राभल इन्सुरेन्स भने ग्राहक आफैँले बेहोर्नुपर्ने होलिडेजले जनाएको छ ।

कोही कसैले तीन तारे होटेलमा नबसी पाँच तारे होटेलमा बस्न चाहेमा त्यो सुविधासमेत उपलब्ध हुने तर त्यसका लागि थप शुल्क तिर्नुपर्ने होलिडेजले जनाएको छ ।

सुरुमा कुनै शुल्क नतिरी मासिक किस्ताबन्दीमा समेत घुम्न सकिने

कान्तिपुर होलिडेजले एकैपटक सबै रकम तिर्न नसक्ने पर्यटकका लागि मासिक किस्ताबन्दीमा समेत घुम्न पाउने गरी व्यवस्था मिलाएको जनाएको छ । माछापुच्छ्रे बैंकसँगको सहकार्यमा होलिडेजले मासिक ५ हजार ५ सय रुपैयाँको सरल किस्ताबन्दीमा २४ महिनामा सम्पूर्ण रकम तिर्ने गरी समेत व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?