प्रभु बैंक र होटल हिमालयबीच विशेष छुट सम्झौता

लोकपथ
1.2k
Shares

काठमाडौं । प्रभु बैंका कर्मचारी तथा ग्राहकवर्गहरुलाई कुपण्डोल,ललितपुरमा अवस्थित होटल हिमालय सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालय को तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखक द्वारा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको उपत्यकाको मुटुमा अवस्थित ललितपुर आफैमा एक कलात्मक शैलीको परिचय बोकेको शहर हो । कृष्ण मन्दिर,पाटन दरवार स्क्वायर,स्वर्ण विहार जस्ता पर्यटकिय क्षेत्रको अवलोकन गर्न यस शहरमा देश तथा विदेशबाट पर्यटकहरुको आगमन हुने गरेको पाइन्छ ।

यसै गरी आन्तरिक तथा वाह्य पर्यटकका लागी लक्षित गरी चारतारे होटल हिमालय विगत ३७ वर्ष देखि ग्राहकहरुको सेवामा समर्पित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?