‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रर्दशनी तयारी पूरा

लोकपथ
104
Shares

काठमाडौं । नेपाली कांग्रेसले दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरिप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा भोलि(मंगलबार) आयोजना गर्न लागेको ‘क्रान्ति देखि शान्तिसम्म’ विषयक फोटो प्रर्दशनीको तयारी पूरा गर्ने भएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले शान्तिप्रक्रियाको महानायक गिरिप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा फोटो प्रदर्शनी कार्यक्रम आयोजना गर्न लागेको र कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । ।

उनले क्रान्तिदेखि शान्तिसम्म विमर्श कायक्रमको पहिलो सेशनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वउपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटैला र एमालेका नेता प्रदीप ज्ञवालीले वक्ताको रुपमा आफ्नो कुरा राख्ने जानकारी दिए । उनले भने,‘क्रान्तिदेखि शान्तिसम्म विमर्श कार्यक्रममा छ । त्यसमा वक्ताहरु हुनुहुन्छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वउपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौंला र एमाले नेता प्रदीप ज्ञवाली हुनुहुन्छ ।’

उनका अनुसार फोटो प्रदर्शनी कार्यक्रमसँगै जोडेर क्रान्तिदेखि शान्तिसम्म, समुन्नतीको दोस्रो जग, फोटो पत्रकारिता जोखिम र अनुभव लगायतका विषयमा तीनवटा सेसनमा छुट्टा छुट्टै वक्त्ताहरु बोलाएर विमर्श कार्यक्रम गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?