एमाले व्यक्तिगत स्वार्थ र अवसरवादीहरूको एउटा झुन्डमा परिणत भएको छ : अध्यक्ष नेपाल (पूर्णपाठ)

लोकपथ
442
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेसँग विद्रोह गर्नुपरेको दाबी गरेका छन् ।

नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यका साथ सिद्धान्तनिष्ठ, जायज र अत्यावश्यक विद्रोह गरेको नेपालले बताए ।

उनले आफूहरूले पार्टी एकता जोगाउन निरन्तर प्रयत्न गरे पनि अर्को पक्षले एकता जोगाउन चाहँदै नचाहेपछि नेकपा (एमाले) को पुनर्गठन एवम् रूपान्तरण गरी पार्टी र आन्दोलनलाई जोगाएर अगाडि बढाउनु कर्तव्य एवं जिम्मेवारी ठानेको बताएका छन् ।

एमाले व्यक्तिगत स्वार्थमा केन्द्रित दक्षिणपन्थी अवसरवादीहरूको एउटा झुन्डमा परिणत भएको छ’, नेपालले दस्ताबेजमा भनेका छन्, ‘उपर्युक्त निष्कर्षका साथ हामीले एमालेभित्र रहेको क्रान्तिकारी पङ्क्तिलाई नयाँ ढङ्गले पुनर्गठित गरेर नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा एवम् विकास गर्दै नेपाली समाजको आमूल परिवर्तनका निम्ति योगदान गर्ने उद्देश्यले विद्रोह गरेका हौँ ।’ उनले भने

पूर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?