गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ

लोकपथ
468
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

असार७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा परेको रिटमाथि बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो ।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा गृहमन्त्री लामिछाने पदमै रहँदा अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्नसक्ने दाबी गर्दै उनलाई पदबाट निलम्बन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का नाममा अन्तरिम आदेशको माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?