ओलीले दाहाललाई भेटेर भने– मार्गप्रशस्त गर्नुस्, म दुई तिहाई सरकारको प्रधानमन्त्री बन्दैछु

लोकपथ
9.2k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सरकारबाट मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।

संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेले सत्ता समीकरणका लागि सोमबार मध्यरात सहमति गरेपछि त्यसबारे जानकारी दिन ओली मंगलबार बिहानै प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार गएका थिए । भेटमा ओलीले दाहाललाई अबको प्रधानमन्त्री आफू हुने बताएका थिए ।

‘म दुई तिहाई सरकारको प्रधानमन्त्री बन्दैछु,’ ओलीले प्रचण्डलाई भनेको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब बन्ने सरकार राष्ट्रिय सहमतिको सरकार हुनेछ ।’

ओलीले अब बन्ने राष्ट्रिय सहमतिको सरकारमा माओवादी केन्द्रलाई पनि सहभागी हुन आग्रह गरेका छन् ।
राजीनामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?