काठमाडौं । प्रतिनिधिसभाका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबीच पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विस्थापित गरी नयाँ सरकार बनाउने सहमति भएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले व्यंग्य गरेका छन् ।
आज मंगलबार बिहान सामाजिक सञ्जालमा व्यंग्य गर्दै उनले लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’ उनले दुवै दलका शीर्ष नेताको तस्बिर पनि राखेका छन् । काठमाडौं महानगर प्रमुख बालेनले पछिल्लो समय गिरीबन्धु टी–स्टेटबारे छानबिन हुनुपर्ने माग राख्दै आएका छन् ।
गिरीबन्धु टी–इस्टेट प्रकरणमा विशेषगरी एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि उनले आकोश पोख्दै आएका छन् । केही समयअघि उनले उक्त प्रकरणमा कुनै पनि सत्ता बार्गेनिङ नगरी तत्काल पहलकदमी आवश्यक रहेको बताएका थिए ।
नेकपा एमाले र नेपाली कांग्रेसबीच गएराति नयाँ सरकार सत्ता समीकरण निर्माण गरेर अघि बढ्ने सहमति भएको छ । सहमति अनुसार पहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् । यसैलाई संकेत गरेर उनले गिरीबन्धु चियाको प्रकरण उठाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया